काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले संसद्मा दिएकाे अभिव्यक्तिमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोपाल शर्माले नियमापत्ति जनाएका छन्।
गृहमन्त्री गुरुङले शुक्रबार प्रतिनिधि सभामा धारणा राख्ने क्रममा सांसदहरूले घाटी सुक्ने गरी चिच्याएर सरकारको विरोध गरेको बताएका थिए। शर्माले त्यही विषयमा नियमापत्ति गरेका हुन्।
‘सदनमा सांसद बोल्दा घाटी सुक्ने गरी चिच्याएको भन्न पाइँदैन । सांसदहरूको अपमान गर्न पाइँदैन । उहाँको त्यो भनाइ संसद्को रेकर्डबाट हटाउन माग गर्दछु,’ सांसद शर्माले भने।



