Oct 28 2026 | २०८३ कार्तिक १२ गते

इजरायलका लागि ८ सय केयरगिभर माग, यस्तो छ योग्यता

इजरायलका लागि ८ सय केयरगिभर माग, यस्तो छ योग्यता

मंगलवार, आषाढ ११ २०८१
  • काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) लागि आवेदन आह्वान गरिएको छ । वैदेशिक रोजगार विभागले ८ सय जना केयरगिभरका लागि आवेदन आह्वान गरेको हो । 

    वैदेशिक रोजगार विभागले प्रकाशित गरेको सूचना अनुसार यस पटक अङ्ग्रेजी भाषा समेत अनिवार्य तोकिएको छ । त्यसका लागि अङ्ग्रेजी भाषा परीक्षणको प्रमाण–पत्रका रूपमा ब्रिटिस काउन्सिलबाट लिइएको फाउण्डेशन इंगिल टेष्ट (फेईटी) को कम्तिमा ए२ लेभलको प्रमाणपत्र पेश गर्नुपर्ने भनिएको छ । विगतमा सामान्यतया अङ्ग्रेजी भाषा जानेको र ब्रिटिस काउन्सिल मात्रै नभई जुनसुकै निकायबाट समेत प्रमाणपत्र लिनुपर्ने व्यवस्था थियो । यो पटक भने ब्रिटिस काउन्सिलबाटै ए२ लेभलको अङ्ग्रेजी भाषा पास गरेको हुनुपर्ने मापदण्ड तय गरिएको हो । सूचना प्रकाशित भएको मितिले २१ दिनभत्रमा अनलाइन मार्फत आवेदन दिन सकिनेछ ।

    images

    आवेदन दिनका लागि विभिन्न खालका योग्यता तोकिएको छ ।त्यसका लागि २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको, कम्तीमा १।५ मिटर उचाइ र ४५ किलोग्राम तौल भएको, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पुरा गरेको वा प्लस टु वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभर सम्बन्धी तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्नेछ । त्यस्तै विगतमा इजरायल गई कार्य नगरेको, बाबु, आमा, पति ,पत्नी, छोरा, छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको, शारीरिक र मानसिक रुपमा स्वस्थ रहेको हुनुपर्ने योग्यता तोकिएको छ । 

    ८ सय जना माग गरिएकोमा ५०० जना मुख्य उम्मेदवार हुनेछन् भने ३०० जना वैकल्पिक उम्मेदवार हुनेछन् । जसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष हुनेछन् । उनीहरुले मासिक पाँच हजार ८८० सेकेल (इजरायली मुद्रा) न्यूनतम तलब हुनेछ । जुन नेपालका दुई लाख १० हजार नेपाली रुपैयाँभन्दा बढी हुनेछ । इजरायल जाने कामदारको करार अवधी पाँच वर्षको हुनेछ । 

    ८ सय  जनामध्ये सुरूमा ५०० जना गइसकेपछि इजरायलको मागको आधारमा थप ३०० जनालाई पठाउन सकिने विभागले जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार