Nov 03 2026 | २०८३ कार्तिक १८ गते

समाचार

गणेश नेपालीको आत्मदाहको घटना कुनै राजनीतिक बहस वा दोषारोपणको विषय हाेइन: गगन थापा

गणेश नेपालीको आत्मदाहको घटना कुनै राजनीतिक बहस वा दोषारोपणको विषय हाेइन: गगन थापा

शुक्रवार, आषाढ २६ २०८३
  • काठमाडौँ । मुगुका गणेश नेपालीको आत्मदाहको घटना कुनै राजनीतिक बहस वा दोषारोपणको विषय नभएको नेपाली कांग्रेसका सभापति गगन थापाले बताएका छन् ।

    उनले सामाजिक सञ्जालमार्फत यो घटना समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण भएको उल्लेख गरेका छन्।

    images

    यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन। यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय हो,’ उनले भनेका छन् ।

    यस्तो कठिन घडीमा गणेशको आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ र उनीहरूको दुःखमा कसरी मल्हम लगाउन सकिन्छ भन्नेबारे आ–आफ्नो ठाउँबाट सोच्न र सक्दो सहयोग गर्न उनले आह्वान गरेका छन्।

    विगत र वर्तमानमा कसको दोष थियो भनेर बहस गर्नुभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको हाम्रो सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्नेमा थापाले जोड दिएका छन्। अब हामीले आफैँसँग केही कठिन प्रश्नहरू सोध्नैपर्ने बेला आएको उनी बताउँछन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार