Nov 03 2026 | २०८३ कार्तिक १८ गते

आयल निगमको कार्यकारी निर्देशक बन्न ६ जनाको आवेदन (सूची)

आयल निगमको कार्यकारी निर्देशक बन्न ६ जनाको आवेदन (सूची)

शुक्रवार, आषाढ २६ २०८३
  • काठमाडौँ । नेपाल आयल निगमको कार्यकारी निर्देशक बन्न ६ जना इच्छुक देखिएका छन्।  आवेदन दिने अन्तिम मिति यही असार २२ सम्ममा ६ जनाको रीतपूर्वक आवेदन परेको हो।  आवेदन दिनेहरुमा छविराज पोख्रेल, कोशल केसी, सञ्जिव कुमार देव, सीए नागेन्द्र साह, सरोज कुमार शर्मा र दीपेन्द्र  कुमार देव रहेको नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदपूर्तिका लागि सिफारिस समितिले जनाएको छ।

    समितिले यही असार १ गते कार्यकारी निर्देशकको पदपूर्ति अघि बढाउने निर्णय गरेको थियो। सोअनुसार २ गते गोरखापत्रमा सूचना निकाली आवेदन मागिएको थियो। 

    images

    पोख्रेल र केसी प्युठानका हुन् भने देवद्वय सप्तरी, साह धनुषा र शर्मा महोत्तरीका रहेका छन्। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार