Nov 03 2026 | २०८३ कार्तिक १८ गते

गणेश नेपाली आत्मदाह प्रकरणमा तीन नगर प्रहरी नियन्त्रणमा

गणेश नेपाली आत्मदाह प्रकरणमा तीन नगर प्रहरी नियन्त्रणमा

शुक्रवार, आषाढ २६ २०८३
  • काठमाडौं । प्रहरीले गणेश नेपाली आत्मदाह प्रकरणमा तीन जना काठमाडौं नगर प्रहरीलाई नियन्त्रणमा लिएको छ ।

    सोधपुछका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

    images

    मुगुको सोरु गाउँपालिका– १ निवासी २५ वर्षीय नेपालीले बिहीबार दिउँसो राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए । उनको केहीबेरअघि उपचारको क्रममा वीर अस्पतालमा मृत्यु  भएको छ ।

    नेपाली ‘राइड सेयरिङ’ मार्फत जीविकोपार्जन गर्दै आएका थिए । उनको बाइकमा नगर प्रहरीले ‘ह्वील लक’ लगाइदिएका थिए । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार