Nov 03 2026 | २०८३ कार्तिक १८ गते

तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको सकुशल उद्धार

तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको सकुशल उद्धार

शुक्रवार, आषाढ २६ २०८३
  • काठमाडौँ । तनहुँको ब्यास नगरपालिका–३ स्थित झोलुङ्गे पुलबाट नदीमा हामा फालेकी किशोरीलाई प्रहरीले उद्धार गरेको छ । बिहीबार राति ८ बजेर ३० मिनेटमा किशोरीले चारघरेस्थित झोलुङ्गे पुलबाट हाम फालेकी हुन् ।

    नदीको बिच भागबाट अड्किएको अवस्थामा उनलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी द्वारिका घिमिरेले रातोपाटीलाई बताए । डीएसपी घिमिरेको नेतृत्वमा २० जना प्रहरी र सेनाको काली भञ्जन गण चापाघाटबाट खटिएका डुङ्गा सहितका १० जना सैनिकले उनको उद्धार गरेका हुन् ।

    images

    राति साढे ११ बजे उद्धार गरेर उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको डीएसपी घिमिरेले जानकारी दिए ।  

     
     
     
     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार