Nov 03 2026 | २०८३ कार्तिक १८ गते

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकले गर्‍यो कार्यविधि–२०८३ अनुमोदन

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकले गर्‍यो कार्यविधि–२०८३ अनुमोदन

बिहिवार, आषाढ २५ २०८३
  • काठमाडौं — प्रधानमन्त्री तथा राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय चिकित्सा शिक्षा आयोगको २६औँ बैठक आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको छ।

    बैठकले ‘चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि, २०८३’ स्वीकृत गरेको छ। आयोगका अनुसार उक्त कार्यविधिले कोष सञ्चालनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

    images

    आयोगका नवनियुक्त उपाध्यक्ष डा. देवेन्द्र खत्रीले कार्यविधि स्वीकृतिसम्बन्धी प्रस्ताव बैठकमा पेश गरेका थिए, जसलाई सर्वसम्मत रूपमा अनुमोदन गरिएको हो।

    बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सहअध्यक्षका रूपमा सहभागी थिए। आयोगका अन्य पदाधिकारी तथा सदस्यहरूको पनि बैठकमा उपस्थिति रहेको थियो।

     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार