Nov 03 2026 | २०८३ कार्तिक १८ गते

प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च अदालतमा रिट

प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च अदालतमा रिट

बिहिवार, आषाढ २५ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च अदालतमा रिट पेस गरेको छ । प्रतिनिधिसभा संसदीय दलका उपनेता अभिषेकप्रताप शाह र राष्ट्रियसभाका सचेतक पदम परियारले रिट दायर गरेका हुन् । सर्वोच्च अदालतमा पेस भएको रिट अध्ययनका लागि राखिएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

    प्रतिनिधिसभा नियमावलीमा भएको संविधान संशोधन र विशेषाधिकारका रूपमा लागु हुने व्यवस्था गैरसंवैधानिक रहेको दाबीसहित रिट दायर गरिएको हो ।

    images

    नियमावलीमा रहेको दफा २४७ मा तीन वर्षभन्दा बढी कैद सजाय हुने तथा नैतिक पतन हुने फौजदारी कसुरमा अभियोग लागेर थुनामा बसेको सांसदलाई मात्र निलम्बन हुने व्यवस्था गरिएको विषयमा पनि कांग्रेसले प्रश्न उठाएको छ । गत जेठ २१ गते प्रतिनिधिसभाबाट नियमावली पारित भइसकेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार