Nov 03 2026 | २०८३ कार्तिक १८ गते

राहदानी सेवा दुई दिन बन्द हुने

राहदानी सेवा दुई दिन बन्द हुने

बिहिवार, आषाढ २५ २०८३
  • काठमाडौं -राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्न लागिएकाले दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ।

    विभागले बुधबार जारी गरेको सूचनाअनुसार हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले यही असार २५ र २६ गते (तदनुसार जुलाई ९ र १०, २०२६) राहदानीसम्बन्धी सेवा बन्द रहनेछ।

    images

    यसअघि विभागले असार १९ गते सार्वजनिक सूचना जारी गर्दै प्रणाली परिवर्तनका कारण उक्त दुई दिन सेवा अवरुद्ध हुने जानकारी गराएको थियो।यद्यपि, राहदानीसम्बन्धी अन्य सेवा बन्द रहे पनि विभागमा तयार भइसकेका राहदानी भने वितरण गरिने विभागले जनाएको छ।

    मोबाइलमा राहदानी सङ्कलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा सम्पर्क गरी आफ्नो राहदानी सङ्कलन गर्नसक्ने विभागले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार