Nov 03 2026 | २०८३ कार्तिक १८ गते

विश्व कप

फिफा विश्वकप २०२६ को उत्कृष्ट ८ (क्वाटरफाइनल) को समीकरण

फिफा विश्वकप २०२६ को उत्कृष्ट ८ (क्वाटरफाइनल) को समीकरण

बुधवार, आषाढ २४ २०८३
  • काठमाडौँ । फिफा विश्वकप २०२६ को उत्कृष्ट ८ (क्वाटरफाइनल) को समीकरण पूर्ण रूपमा तयार भइसकेको छ। राउन्ड अफ १६ का खेलहरू समाप्त भएसँगै प्रतियोगितामा सहभागी ४८ टोलीमध्ये अब मात्र ८ बलिया टोलीहरू उपाधिका लागि भिड्न बाँकी छन्।
    नेपाली समय  अनुसार क्वाटरफाइनलका खेलहरूको पूर्ण विवरण र समयतालिका यस प्रकार रहेको छ


    क्वाटरफाइनल समीकरण र खेल तालिका

    images

    पहिलो क्वाटरफाइनल: फ्रान्स विरुद्ध मोरक्को
    मिति: असार २६ गते, शुक्रबार (जुलाई १०, २०२६)
    समय: बिहान १:४५ बजे
    स्थान: बोस्टन स्टेडियम, म्यासाचुसेट्स
    विशेषता: काइलियन एमबाप्पेको कप्तानीमा रहेको फ्रान्सले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको मोरक्कोको सामना गर्नेछ।

    दोस्रो क्वाटरफाइनल: स्पेन विरुद्ध बेल्जियम
    मिति: असार २७ गते, शनिबार (जुलाई ११, २०२६)
    समय: मध्यरात १२:४५ बजे
    स्थान: लस एन्जलस स्टेडियम, क्यालिफोर्निया
    विशेषता: पोर्चुगललाई हराएको स्पेन र आयोजक अमेरिकालाई ४-१ ले पन्छाउँदै आएको बेल्जियम बीचको यो खेल निकै रोमान्चक हुने अपेक्षा गरिएको छ।

    तेस्रो क्वाटरफाइनल: नर्वे विरुद्ध इङ्गल्याण्ड
    मिति: असार २८ गते, आइतबार (जुलाई १२, २०२६)
    समय: बिहान २:४५ बजे
    स्थान: मियामी स्टेडियम, फ्लोरिडा
    विशेषता: नर्वेका स्टार स्ट्राइकर अर्लिङ हालाण्ड र इङ्गल्याण्डका कप्तान ह्यारी केन तथा जुड बेलिङ्घम बीचको गोल गर्ने होडबाजी यो खेलमा मुख्य आकर्षण हुनेछ।

    चौथो क्वाटरफाइनल: अर्जेन्टिना विरुद्ध स्विट्जरल्याण्ड
    मिति: असार २८ गते, आइतबार (जुलाई १२, २०२६)
    समय: बिहान ६:४५ बजे
    स्थान: कान्सास सिटी स्टेडियम, मिसौरी
    विशेषता: साविक विजेता अर्जेन्टिनाले इजिप्ट विरुद्ध उत्कृष्ट पूनरागमन गर्दै क्वाटरफाइनल यात्रा तय गरेको हो भने स्विट्जरल्याण्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराएर यहाँसम्म आइपुगेको हो।
    सेमिफाइनल र फाइनलको बाटो


    क्वाटरफाइनलका विजेता टोलीहरू सेमिफाइनल प्रवेश गर्नेछन्। यस ऐतिहासिक ४८ टोली सम्मिलित विश्वकपको फाइनल खेल साउन ४ गते (जुलाई १९, २०२६) न्यूयोर्क न्यूजर्सीको मेटलाइफ स्टेडियममा खेलाइनेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार