Nov 03 2026 | २०८३ कार्तिक १८ गते

नियुक्तिहरूमा प्रधानमन्त्रीको रोजाइ सेनाका पूर्वअधिकारी

नियुक्तिहरूमा प्रधानमन्त्रीको रोजाइ सेनाका पूर्वअधिकारी

मंगलवार, आषाढ २३ २०८३
  • काठमाडौँ । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले गर्ने विभिन्न नियुक्तिमा नेपाली सेनाका पूर्वअधिकारीहरू रोजाइमा पर्ने गरेका छन्।

    यसअघिका सरकारले गर्ने नियुक्तिहरूमा नेपाली सेनाका पूर्वअधिकारीहरू  कम मात्रै प्राथमिकतामा पर्ने गरेका थिए । तर, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) नेतृत्वको सरकार बनेयता नियुक्तिमा सेनाका पूर्वअधिकारीलाई प्राथमिकता दिइएको छ।यसअघि सरकारले नेपाल वायु सेवा निगमको सञ्चालक समिति सदस्य र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा पूर्वसैनिक अधिकारीलाई नियुक्ति गरेकोमा प्रश्न उठेको थियो।

    images

    तर, उक्त प्रश्न सेलाउन नपाउँदै मंगलबारमात्र अर्का सैनिक अधिकारीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्ति पाएका छन् । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष शाहले डा. देवेन्द्र खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्।

    नवनियुक्त उपाध्यक्ष खत्रीलाई शिक्षा तथा खेलकुदमन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्तिपत्र प्रदान गरेका छन् ।

    खत्री नेपाली सेनाका पूर्वप्राविधिक उपरथी हुन् । खत्री २०७७ पुस १५ गते सेवाबाट अवकाश पाएर हाल नेपाली सेनाको मेडिकल कलेजको कार्यकारी निर्देशक पदमा कार्यरत रहेका छन् । उपाध्यक्षमा नियुक्ति पाएपछि खत्रीले कलेजको कार्यकारीबाट राजीनामा दिएका छन्।

    यसअघि सरकारले नेपाल वायु सेवा निगमको सञ्चालक समिति सदस्य पदमा डा. दिपक प्रसाद बाँस्तोलालाई नियुक्त गरेको थियो।

    तर, मुद्दा परेपछि उनको नियुक्ति सर्वोच्चले खारेज गरेको थियो । बास्ताेला पनि नेपाली सेनाका पूर्वउपरथी हुन्।

    त्यस्तै सरकारले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा पनि पूर्वसैनिक अधिकारी डा.आनन्दसिंह भाट नियुक्त गरेको थियो । पूर्व महासेनानी भाटले नेपाली सेनाबाट २०७६ सालमा अवकाश पाएका थिए।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार