Nov 03 2026 | २०८३ कार्तिक १८ गते

‘फलानाको दाजु’, ‘फलानाकी बहिनी’, ‘फलानाको आफन्त’ भर्ती भएको समाचार आएपछि सङ्ग्रौलाले उठाइन् प्रश्न

‘फलानाको दाजु’, ‘फलानाकी बहिनी’, ‘फलानाको आफन्त’ भर्ती भएको समाचार आएपछि सङ्ग्रौलाले उठाइन् प्रश्न

मंगलवार, आषाढ २३ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला सङ्ग्रौलाले पार्टीभित्र परिवारवाद र नातावादको छायाँ देखिन थालेको भन्दै आफ्नो पार्टीको  ध्यानाकर्षण गराएकी छन् । 

    सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै उनले रास्वपाले परिवारवाद र नातावादलाई विधानमै निषेध गरेको निर्णय नेपाली राजनीतिका लागि एउटा सकारात्मक सुरुवात भए पनि व्यवहारमा त्यस्तो नदेखिएको संकेत गरेकी हुन्।

    images

    बेलाबेलामा सञ्चारमाध्यममा रास्वपाका नेताका दाजु, बहिनी वा आफन्तहरू विभिन्न जिम्मेवारीमा आएको भन्ने समाचार सार्वजनिक हुने गरेको उल्लेख गर्दै उनले यसबाट जनतामा स्वाभाविक रूपमा प्रश्न उठेको बताएकी छन् ।

    सांसद सङ्ग्रौलाले यदि परिवर्तनलाई व्यवहारमै प्रमाणित गर्ने हो भने कुनै पनि पद, जिम्मेवारी वा अवसर व्यक्तिको क्षमता, इमानदारी र योगदानका आधारमा तय हुनुपर्ने स्पष्ट पारेकी छन् । पारिवारिक सम्बन्धका आधारमा कसैले पनि जिम्मेवारी पाउन नहुने उनको तर्क छ । उनले रास्वपाले आफ्नो विधानको मर्मलाई अझ कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छन् ।

    उनले आफ्नो पोस्टमा लेखेकी छन्, ‘परिवर्तनको वास्तविक मापन भाषणले होइन, व्यवहारले हुन्छ । परिवारवादको सानो छायाँसमेत देखिन नदिने राजनीतिक संस्कार नै नयाँ राजनीतिको सबैभन्दा बलियो उदाहरण हो । यो उदाहरणमा रास्वपा खरो उत्रनै पर्छ !’ रास्वपाले आफूलाई नयाँ राजनीतिक संस्कारको संवाहक दाबी गरिरहँदा आफ्नै सांसदबाट आएको यो टिप्पणीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार