Nov 03 2026 | २०८३ कार्तिक १८ गते

५ लाख १२ हजार मेट्रिक टन मल बिक्री वितरण

५ लाख १२ हजार मेट्रिक टन मल बिक्री वितरण

मंगलवार, आषाढ २३ २०८३
  • काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हालसम्म ५ लाख १२ हजार मेट्रिक टन मल बिक्री वितरण भइसकेको बताएकी छन् ।

    मङ्गलबार राष्ट्रियसभामा मन्त्रालयगत बजेटका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले असार १९ गतेसम्म ५ लाख ५८ हजार मेट्रिक टन मल आयात भई विगतको मौज्दात समेत गरी हालसम्म ५ लाख १२ हजार मेट्रिक टन मल बिक्री वितरण भइसकेका जानकारी दिएकी हुन् ।

    images

    हाल ९५ हजार मेट्रिक टन मल मौज्दात रहेको र जीटुजी प्रक्रिया मार्फत थप ५० हजार मेट्रिक टन मल चाँडै आपूर्ति हुने क्रममा रहेकाले धान सिजनका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने उनले दाबी गरिन् । उनले मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन अर्थ मन्त्रालयबाट आवश्यक परेको खण्डमा थप बजेट उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको बताइन् ।

    मन्त्री चौधरीले कुल १५६ वटा स्थानीय तहमा साना सिँचाइ संरचना निर्माण तथा विस्तारका लागि करिब रु. १६ करोड बजेट विनियोजन गरिएको,  सङ्घीय निकाय तर्फ साना सिँचाइ संरचना निर्माण तथा विस्तारका लागि रु. ४ करोड १७ लाख बजेटको व्यवस्था गरिएको जानकारी दिइन् ।

    सिँचाइ मन्त्रालय मार्फत निर्माण भइरहेका ठुला प्रकृतिका सिँचाइ आयोजनाहरूबाट आगामी दिनमा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेतीयोग्य जमिनमा सहज रूपमा सिँचाइ सुविधा उपलब्ध हुने देखिएको समेत उनले बताइन् ।

    मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र सहअस्तित्वका लागि विभिन्न प्रत्यक्ष परिणाममुखी कार्यक्रमहरू सञ्चालन गर्न गर्ने उल्लेख गरिन्।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार