Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कोशी प्रदेशबाट श्रम स्वीकृति लिनेको संख्या घट्यो, कुन जिल्लाबाट कति बाहिरिए ?

कोशी प्रदेशबाट श्रम स्वीकृति लिनेको संख्या घट्यो, कुन जिल्लाबाट कति बाहिरिए ?

सोमवार, आषाढ १० २०८१
  •  

    विराटनगर । कोशी प्रदेशबाट वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या घटेको छ । 

    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कोशी प्रदेशको अर्ध–वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०/८१ को अनुसार गत आर्थिक बर्ष २०७९/८० को पुस मसान्तसम्मको तुलनामा चालु आर्थिक बर्षमा वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या १६.१६ प्रतिशतले घटेको देखिएको हो । 

    चालु आर्थिक बर्षको पुष मसान्तसम्ममा कोशी प्रदेशबाट ७५ हजार भन्दा बढीले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् । जुन गत आर्थिक बर्षको सोही अवधीको तुलनामा १६.१६ प्रतिशतले कम हो । 

    गत आर्थिक बर्षको पुस मसान्तसम्म कोशी प्रदेशबाट वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या ८९ हजार ७ सय ७८ जना रहेको थियो ।

    कुन जिल्लाबाट कति बाहिरिए ? 

    Koshi.JPG

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार