Nov 03 2026 | २०८३ कार्तिक १८ गते

प्रधानमन्त्री शाह र एडीबी अध्यक्षबिच भेटवार्ता

प्रधानमन्त्री शाह र एडीबी अध्यक्षबिच भेटवार्ता

मंगलवार, आषाढ २३ २०८३
  • काठमाडौँ ।प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भेटवार्ता भएको हो। 

    यसअघि सोमबार नेपाल सरकार र एडीबीबिच २२ अर्ब रुपैयाँ अर्थात् १६ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलीयतपूर्ण ऋण सम्झौता भएको थियो। सोमबार अर्थ मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमबिच दुईवटा छुट्टाछुट्टै आयोजनाका लागि यो ऋण सम्झौतामा हस्ताक्षर भएको हो।

    images

    सरकारले एडीबीबाट प्राप्त हुने यस ऋण सहयोगलाई देशको भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाउने कार्यमा परिचालन गर्ने लक्ष्य राखेको छ। प्रविधिको विकाससँगै जोखिममा आधारित जाँचपास र सरल प्रक्रिया अपनाएर व्यापार लागत घटाउने सरकारको योजना छ। यसैगरी सीमापार व्यापारलाई थप व्यवस्थित र अनुमानयोग्य बनाउन समेत यो सम्झौताले महत्त्वपूर्ण सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

    यस आयोजनाको सफल कार्यान्वयनबाट स्वदेशमै रोजगारीका नयाँ अवसरहरू सिर्जना हुने र क्षेत्रीय मूल्य शृङ्खलामा नेपालको पहुँच थप मजबुत बन्ने विश्वास लिइएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार