Nov 03 2026 | २०८३ कार्तिक १८ गते

कर्णालीका दुर्घटनामा सरकारको उद्धार संयन्त्रमाथि प्रश्न, प्रसाईंले मागे गृहमन्त्रीको जवाफ

कर्णालीका दुर्घटनामा सरकारको उद्धार संयन्त्रमाथि प्रश्न, प्रसाईंले मागे गृहमन्त्रीको जवाफ

सोमवार, आषाढ २२ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले कर्णाली राजमार्गमा बारम्बार भइरहेका सवारी दुर्घटना र त्यसपछि गरिने उद्धार कार्यबारे गृहमन्त्रीको जवाफ माग गरेका छन् । 

    प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद प्रसाईंले कर्णाली राजमार्गमा हुने दुर्घटनाहरूलाई राज्य र समाजले केवल समाचारको विषय मात्र बनाएको भन्दै आपत्ति प्रकट गरेका हुन्।

    images

    नागरिकको जीवन रक्षा गर्ने दायित्वबाट राज्य कुनै पनि हालतमा पन्छिन नपाउने उनले बताए । नागरिकको जीवनभन्दा ठूलो सम्पत्ति र प्राथमिकता राज्यको अरू हुन नसक्ने उल्लेख गर्दै सांसद प्रसाईंले हालै भएको दुर्घटनामा सरकारको उद्धार संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठाए ।

    उद्धारका क्रममा राज्यले आफ्नो सम्पूर्ण क्षमता परिचालन गरे–नगरेको र भीरमा अड्किएका नागरिकको हारगुहारका बाबजुद उद्धारमा लापरवाही भएको विषयमा सत्यतथ्य बाहिर ल्याउन उनले माग गरे । संसद्‌मा बोल्दै उनले भने, ‘कुनै पनि घटना आफ्नै घरमा घट्दा मात्र त्यसको पीडाबोध हुने र अरूको घरमा घट्दा त्यो केवल समाचार मात्र बन्ने गरेको छ । दुर्भाग्यवश समाज यति असंवेदनशील भएको छ कि कर्णालीका दुर्घटनाहरू हाम्रा लागि नियमित समाचार मात्र बन्न थालेका छन् ।’

    कर्णाली राजमार्गलाई सुरक्षित बनाउन र भविष्यमा यस्ता हृदयविदारक दुर्घटनाहरू दोहोरिन नदिन सरकारसँग के–कस्ता दीर्घकालीन योजनाहरू छन् भनी उनले प्रश्न गरे । नागरिकको जीवनसँग जोडिएको यस गम्भीर विषयमा सत्ता पक्ष र प्रतिपक्षभन्दा माथि उठेर सोच्नुपर्नेमा जोड दिँदै सांसद प्रसाईंले गृहमन्त्रीलाई रोष्टममा उभिएर जवाफ दिनका लागि सभामुखमार्फत तत्काल रुलिङको माग समेत गरे ।

     
     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार