Nov 03 2026 | २०८३ कार्तिक १८ गते

प्रधानमन्त्रीको अभिव्यक्ति पछि ठोरी नाकामा समस्या देखियो,समाधानको पहल गरियोस् : थपलिया

प्रधानमन्त्रीको अभिव्यक्ति पछि ठोरी नाकामा समस्या देखियो,समाधानको पहल गरियोस् : थपलिया

सोमवार, आषाढ २२ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सिता थपलिया उर्मिलाले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिका कारण नेपाल–भारत सीमावर्ती क्षेत्रमा समस्या देखिएको र त्यसको प्रत्यक्ष असर पर्साको ठोरी नाकामा परेको बताएकी छन् ।

    प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले ठोरी नाकामा भारतीय पर्यटकका सवारी साधनको प्रवेशमा रोक लगाइँदा त्यहाँको पर्यटन व्यवसाय धराशायी भएको बताइन् । ‘पर्साको ऐतिहासिक तथा पर्यटकीय महत्त्व बोकेको ठोरी नाकामा भन्सारको भवन भए पनि कर्मचारी छैनन् । आफ्नै प्रशासनिक कमजोरीले गर्दा पर्यटकीय सवारी साधन रोकिएका छन्,’ उनले भनिन् ।

    images

    थपलियाले ठोरी सीमा नाकाको समस्या तत्काल समाधान गर्न र आवश्यक कर्मचारीको व्यवस्था गर्न गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराइन् । उनले शाह नेतृत्वको सरकारको १०० दिनको कार्यकालले जनतामा आशा भन्दा बढी निराशा जगाएको टिप्पणी गरिन् ।

    थपलियाले सरकारले घोषणा गरेका सुशासन र सेवा प्रवाहका प्रतिबद्धताहरू व्यवहारमा लागू हुन नसकेको आरोप लगाइन् । सरकारको १०० दिनमा महँगी नियन्त्रण हुन नसकेको, सुकुम्बासीका समस्या समाधान नभएको र ‘जेनजी’ आन्दोलनसँग भएको १० बुँदे सहमति कार्यान्वयनमा सरकार गम्भीर नदेखिएको बताइन् ।

     
     
     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार