Nov 03 2026 | २०८३ कार्तिक १८ गते

सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

आइतवार, आषाढ २१ २०८३
  • काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर २ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँ मा कारोबार भएको थियो।

    images

    यस्तै, आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ४८ हजार ८८५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।

    त्यसैगरी, चाँदीको मूल्य पनि सामान्य घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ६०५ रुपैयाँ मा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६१५ रुपैयाँ थियो। प्रतिदश ग्राम चाँदीको मूल्य ३ हजार ९४८ रुपैयाँ कायम भएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको दैनिक मूल्यसूचीअनुसार आज सुन र चाँदी दुवैको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा सामान्य घटेको हो।

     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार