Nov 03 2026 | २०८३ कार्तिक १८ गते

नेप्से सामान्य अङ्कले घट्यो, कारोबार रकम बढ्यो

नेप्से सामान्य अङ्कले घट्यो, कारोबार रकम बढ्यो

शुक्रवार, आषाढ १९ २०८३
  • काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्क घटेर बन्द भएको छ। बुधवार र बिहीबारका दुई कारोबार दिन नेप्से बढेर बन्द भए पनि सामान्य अङ्कले घटेको छ ।

    शुक्रबार नेप्से परिसूचक ८.३० अङ्क घटेर २ हजार ६५३.४० विन्दुमा झरेको छ । आज कारोबारमा आएका ३४५ कम्पनीको ८५ लाख ८४ हजार कित्ता शेयर ४ अर्ब ४१ करोड २३ लाख ४० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

    images

    नेप्से घटे पनि कारोबार रकम भने वृद्धि भएको छ । बिहीबार ४ अर्ब ११ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

    १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । जसमा वित्त उपसमूहको परिसूचक१.०६ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक, जलविद्युत, लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ ।

    नेप्से सामान्य अङ्कले घटे पनि तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।जसमा सानिगाड हाइड्रो, स्नो रिभर्स र कालंगा हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको भने सेयर मूल्य १३.६५ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा एग्रीकल्चरल बण्डको ४३ करोड रुपैयाँ बराबरको सो बण्ड किनबेच भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार