Oct 28 2026 | २०८३ कार्तिक १२ गते

त्रिभुवन विश्वविद्यालय

उपकुलपति नियुक्त गर्दै प्रधानमन्त्री, त्रिविमा थापालाई ल्याउने तयारी

उपकुलपति नियुक्त गर्दै प्रधानमन्त्री, त्रिविमा थापालाई ल्याउने तयारी

शुक्रवार, आषाढ १९ २०८३
  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित उपकुलपति छनोट तथा सिफारिस समितिले कुलपति एवं प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसमक्ष तीन जनाको नाम सिफारिस गरिसकेको छ।

    उपकुलपतिका लागि सिफारिस गरिएका ३ मुख्य नामहरू प्रा. डा. भोला थापा काठमाडौँ विश्वविद्यालय का पूर्व उपकुलपति,प्रा. डा. नन्दबहादुर सिंह मध्यपश्चिम विश्वविद्यालय  का पूर्व उपकुलपति र डा. दुर्गादत्त पौडेल अमेरिकाको लुजियाना विश्वविद्यालयमा प्राध्यापनरत नेपाली प्राध्यापक रहेका छन । सिफारिस गरिएका तीन जनामध्ये प्रा. डा. भोला थापा लाई त्रिविको उपकुलपति बनाउने प्रवल सम्भावना र तयारी रहेको बुझिएको छ।

    नयाँ उपकुलपतिको मुख्य चुनौती:शिक्षामन्त्रीका अनुसार नयाँ आउने उपकुलपतिको पहिलो प्राथमिकता त्रिविको अतिक्रमित जग्गा फिर्ता ल्याउने र अध्ययन बिदामा गएर लामो समयसम्म नफर्किएका प्राध्यापकहरूबाट सेवा-सुविधा तथा तलब भत्ता फिर्ता गराउने हुनेछ।
    प्रधानमन्त्री तथा कुलपति बालेन शाहले यी तीन नाममध्येबाट एक जनालाई आगामी केही दिनभित्रै त्रिविको उपकुलपतिमा नियुक्त गर्ने तयारी गर्नुभएको छ। यसैबीच सरकारले त्रिवि सेवा आयोगको अध्यक्षमा भने पूर्वसचिव एवं पूर्वाधार विज्ञ किशोर थापा लाई नियुक्त गरिसकेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार