Nov 03 2026 | २०८३ कार्तिक १८ गते

चिनियाँ प्रहरीको नियन्त्रणमा रहेका दुई नेपाली युवा रिहा

चिनियाँ प्रहरीको नियन्त्रणमा रहेका दुई नेपाली युवा रिहा

शुक्रवार, आषाढ १९ २०८३
  • काठमाडौँ । काठमाडौँबाट चीनको सिमानामा घुम्न जाँदा ड्रोन उडाएको आरोपमा पक्राउ परेका दुई नेपाली युवा रिहा भएका छन् । चिनियाँ सुरक्षाकर्मीले उनीहरूलाई सिन्धुपाल्चोकको तातोपानी स्थित अध्यागमन कार्यालयका अधिकृतको जिम्मा लगाएका हुन् ।

    असार १२ मा काठमाडौँका मनोज प्रजापति र भक्तपुरका सुदीप थापामगरलाई चीनसँग सीमा जोडिएको लप्ची क्षेत्रबाट चिनियाँ सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । उनीहरू काठमाडौँबाट घुम्न भनेर बिगु हुँदै लाप्ची पुगेका हुन् । ड्रोन उडाएको आरोपमा पक्राउ गरेको भनिएपछि उनीहरूले ड्रोन नउडाएको नेपाली अधिकारीहरूसँग बताएका छन् ।

    images

    उनीहरूलाई आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय कोदारीका इन्स्पेक्टर केशव केसीले रातोपाटीलाई बताए । चीनको क्षेत्रमा प्रवेश गरेको भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको चिनियाँ सुरक्षाकर्मीहरूले नेपाली अधिकारीहरूलाई बताएका छन् । ७ दिन न्यालम काउन्टीमा राखेर उनीहरूलाई शुक्रबार रिहा गरिएको हो । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार