Nov 03 2026 | २०८३ कार्तिक १८ गते

आज पनि बढ्यो सुनचाँदीको मूल्य

आज पनि बढ्यो सुनचाँदीको मूल्य

शुक्रवार, आषाढ १९ २०८३
  • काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा सुन तोलामा रु सात हजार २०० र चाँदी रु १६५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ६१५ कायम भएको छ ।

    हिजो बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४५० कायम भएको थियो ।

    images

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १७९ र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार