Nov 03 2026 | २०८३ कार्तिक १८ गते

विष्णु पौडेललाई पक्राउ पुर्जीकाे कागजात नै अवैध भएको कानुन व्यवसायीहरूको जिकिर

विष्णु पौडेललाई पक्राउ पुर्जीकाे कागजात नै अवैध भएको कानुन व्यवसायीहरूको जिकिर

बिहिवार, आषाढ १८ २०८३
  • काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कानुन व्यवसायीहरूले पक्राउ पुर्जी गर्ने कागजात नै अवैध भएको जिकिर गरेका छन् । बिहीबार विशेष अदालतमा भएको पौडेलको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइमा कानुन व्यवसायीहरूले सो जिकिर गरेका हुन् ।

    वरिष्ठ अधिवक्ता शम्भु थापाले विष्णु पौडेलको नाम अभियोग पत्रमा प्राविधिक बाहेक कतै नभेटिएको जिकिर गरे । उनले सहजीकरण गरेको भन्ने आधारमा मात्रै सम्पत्ति शुद्धीकरण हुन नसक्ने बताए ।

    images

    वरिष्ठ अधिवक्ता थापाले विष्णु पौडेललाई कुन प्रमाणको आधारमा थुनिएको हो भन्ने स्पष्ट नभएको समेत जिकिर गरे । उनले पौडेलमाथि  अनुसन्धान गर्न पर्ने अवस्था नै नदेखिने बताए ।

     ‘व्यापारी कमलकिशोर मालपानीले आफ्नो व्यापारमा दीपक भट्टमार्फत विष्णु पौडेलले सहजीकरण गरेको नाममा सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न कसरी मिल्छ,’ उनको प्रश्न छ ।

    प्रमाण बिना थुनामा राख्नकै लागि म्याद थप गरिरहनु पनि ठिक नभएको उनको तर्क छ ।

    वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले कुनै व्यक्तिलाई सहजीकरण गरेकै आधारमा मुद्दा चलाउन नमिल्ने तर्क गरे । ‘पक्राउ गर्दा प्रक्रियागत रूपमा पनि मिलेको छैन, पक्राउ पुर्जी जारी गर्नेको पहिचान पनि खुल्दैन, त्यसरी पक्राउ पुर्जी जारी गर्न मिल्छ ? अभिवक्ता भट्टराईको प्रश्न थियो ।

    दीपक भट्टलाई अनुसन्धान गर्दा पक्राउ नगरेर अहिले सहजीकरणका नाममा सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न नमिल्ने उनको तर्क थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार