Nov 03 2026 | २०८३ कार्तिक १८ गते

पेट्रोलियम पदार्थको कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न माग

पेट्रोलियम पदार्थको कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न माग

बिहिवार, आषाढ १८ २०८३
  • काठमाडौँ । राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायाले पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्नेलाई छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको केही घण्टामै देशका धेरै स्थानका पेट्रोल पम्पहरूले ‘पेट्रोल–डिजेल’ छैन भन्दै बिक्री वितरण बन्द गरेको सूचना प्राप्त भएको भन्दै उनले यस्तो माग गरेका हुन् । 

    images

    राष्ट्रियसभाको बिहीबारको बैठकमा बोल्दै सांसद रोकायाले भने- ‘मूल्य बढ्दा भार बोक्ने जनताले घट्दा राहत किन नपाउने ?’ त्यस्तै उनले यसरी कृतिम अभाव सिर्जना गर्नेमाथि सरकारले तत्काल छानबिन गरी कारबाही गर्न माग गरे ।

    उनले पेट्रोल–डिजेलको मूल्य घटेको अवस्थामा अविलम्ब सार्वजनिक यातायात र हवाई उडान भाडा पुनरावलोकन गर्न माग पनि गरे ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार