Nov 03 2026 | २०८३ कार्तिक १८ गते

महिलाको सुरक्षित आवागमनका लागि ‘ब्लू बस’ सेवा सुरु हुँदै

महिलाको सुरक्षित आवागमनका लागि ‘ब्लू बस’ सेवा सुरु हुँदै

बिहिवार, आषाढ १८ २०८३
  • काठमाडौँ । सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत  महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क उक्त सेवा सञ्चालन गर्ने तयारी गरेको हो ।

    सरकारले महिलाहरूको सुरक्षित, सहज र मर्यादित आवागमन सुनिश्चित गर्ने उद्देश्यले सातै प्रदेशमा नि:शुल्क ‘ब्लु बस’  सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ।

    images

    सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गत पहिलो चरणमा आगामी साउन १ गतेदेखि काठमाडौँ उपत्यकामा प्रारम्भिक रूपमा आठ वटा ब्लु बस सञ्चालनमा ल्याइने भएको छ।
    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार यो सेवा पहिलो चरणको १०० दिनभित्र देशभर कम्तीमा २५ वटा बसमार्फत सुरु गरिनेछ, जसमा उपत्यका बाहिर १८ वटा बस सञ्चालन हुनेछन्।

    उपत्यकाका तय गरिएका मुख्य रुटहरू:पहिलो चरणमा काठमाडौँ उपत्यकाका निम्न मुख्य रुटहरूमा साझा यातायातसँगको सहकार्यमा यी बसहरू गुड्नेछन्
    १.लगनखेल – बुढानीलकण्ठ रुट: २ वटा बस
    २.थानकोट – नागढुङ्गा – विमानस्थल रुट: २ वटा बस
    ३.चक्रपथ (रिङरोड) क्षेत्र: ४ वटा बस (२ वटा क्लकवाइज र २ वटा एन्टिक्लोकवाइज दिशामा)
    सुरक्षा र प्रविधिको व्यवस्था:महिला तथा बालिकाहरूलाई सार्वजनिक यातायातमा हुने दुर्व्यवहारबाट जोगाउन र सुरक्षाको प्रत्याभूति गराउन यी बसहरूमा विशेष व्यवस्था गरिएको छ:
    सिसिटिभि र ड्यासक्याम जडान: यात्रा पूर्ण रूपमा सुरक्षित बनाउन बसहरूमा क्लोज-सर्किट टेलिभिजन ( सिसिटिभि) क्यामरा र ड्यासक्याम जडान गरिनेछ।
    आकस्मिक अलार्म प्रणाली: आपत्कालीन अवस्थाका लागि गाडीहरूमा प्यानिक अलार्म को समेत व्यवस्था गरिनेछ।
    बजेट र व्यवस्थापन ; आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यो सेवाका लागि औपचारिक वित्तीय स्रोतको व्यवस्था गरिएको छ। यातायात व्यवस्था विभाग र साझा यातायातले यसको सञ्चालन कार्यविधि, रुट इजाजत र दिगोपनका विषयमा आवश्यक खाका तयार पारिरहेका छन्। यो सेवाले दैनिक रूपमा यात्रा गर्ने महिला, विद्यार्थी, कर्मचारी तथा श्रमिक महिलाहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार