Oct 28 2026 | २०८३ कार्तिक १२ गते

दुबईमा पराजुलीको कविता कन्सर्ट हुने

दुबईमा पराजुलीको कविता कन्सर्ट हुने

आइतवार, आषाढ ९ २०८१
  • काठमाडौं । दुबईमा कविता कन्सर्ट हुने भएको छ । यूएईको क्रियासिल साहित्यिक संस्था सिर्जना वाचन डबलीको आयोजनामा आगामी जुन ३० गते दुबईको क्लब एसके सेभेनमा कविता कन्सर्ट हुने भएको हो ।

    कवि नवराज पराजुलीको विशेष उपस्थिती रहने उक्त कार्यक्रममा यूएईमा रहेका सर्जकहरुको पनि प्रस्तुति रहने कार्यक्रमका संयोजक तथा गजलकार जे.सागरले बताए ।

    images

    पछिल्लो समय विभिन्न देशमा कविता कन्सर्ट गर्दै आइरहेका कवि नवराज पराजुलीको करिब ६ बर्षपछि दुबईमा कविता कन्सर्ट हुन लागेको हो । उनी दोस्रो पटक दुबई जाँदै छन् । कविता कन्सर्टकै लागि कवि नवराज  पराजुली पछिल्लो  ५ महिनादेखि अमेरिकामा छन् । अमेरिकाको कार्यक्रम सकेर दुबई आउने र कन्सर्टपछि नेपाल फर्कने कवि पराजुलीको कार्य तालिका रहेको छ ।

    यस अघि सन् २०१८ मा डबलीले नै कवि पराजुलीलाई  पहिलो पटक दुबई भित्र्याएको थियो ।  ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार