Nov 03 2026 | २०८३ कार्तिक १८ गते

६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना

६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना

बिहिवार, आषाढ १८ २०८३
  • काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न क्षेत्रमा बहने साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले आज बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार देशका केही जिल्लाका साना नदीहरूमा बाढीको मध्यम जोखिम रहेको छ ।

    आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै रहेको छ । यसै गरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सामान्य अर्थात् सतर्कता तहभन्दा मुनि रहेको महाशाखाले जनाएको छ ।

    images

    ठुला नदीहरूमा जोखिम नदेखिए पनि आज कञ्चनपुर, कैलाली, रूपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव भने उल्लेख्य बढ्ने अनुमान गरिएको छ । यी जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ ।

    यसै गरी आगामी दुई दिन पनि देशका विभिन्न प्रदेशका साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरिएको छ । भोलि १९ असार र पर्सि २० असारमा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश भई बहने स–साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार