Nov 03 2026 | २०८३ कार्तिक १८ गते

विधान संशोधन गर्नुअघि संशोधनको नियत र उद्देश्य छुट्याउन जरुरी : अध्यक्ष दाहाल

विधान संशोधन गर्नुअघि संशोधनको नियत र उद्देश्य छुट्याउन जरुरी : अध्यक्ष दाहाल

बुधवार, आषाढ १७ २०८३
  • काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधन गर्नुअघि संशोधनको नियत र उद्देश्य पहिचान गर्नुपर्ने बताएका छन् । बुधबार पूर्वसांसद मञ्च, नेपालको ६६ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले उहाँले संविधान संशोधन गर्नै नसकिने दस्तावेज नभएको तर संशोधनले मुलुकलाई सुदृढीकरणतर्फ लैजान्छ कि पश्चगमनतर्फ भन्ने विषय महत्त्वपूर्ण हुने बताएका हुन् ।

    उनले पूर्वसांसद मञ्च अनुभव, ज्ञान र समृद्धिको फ्याक्ट्री भएको समेत बताए । नेपालको राजनीतिक प्रक्रियालाई सही दिशामा अघि बढाउन पूर्वसांसद मञ्चले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने समेत जिकिर गरे ।

    images

    राष्ट्रिय एकताको संरक्षण र प्रवद्र्धनलाई संस्थाको प्रमुख दायित्वका रूपमा उल्लेख गर्दै नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेका उपलब्धिको संरक्षण, संवद्र्धन र सुदृढीकरणमा लाग्नुपर्नेमा उनको जोड थियो । उनले भने, ‘यो संस्थाको लागि देशको एकता राष्ट्रिय एकता कायम गर्ने जिम्मेवारी पनि छन् । सबैभन्दा मुख्य कुरा भनेको राष्ट्रिय एकता नै हो । एकता कायम गरिसकेपछि नेपाली जनताले वर्षौँ संघर्ष गरेर प्राप्त गरेका  उपलब्धिहरुको संरक्षण, संवद्र्धन र त्यसको सुदृढीकरण गर्नुपर्ने आवश्यकता पनि छ। संविधान संशोधन हुँदै नहुने दस्तावेज होइन । त्यो संशोधनले देशलाई सुदृढतातिर लैजान्छ की पश्चगमनतिर लैजान्छ, त्यसको नियत पहिला खुट्याउन जरुरी छ ।

    उनले लोकतान्त्रिक व्यवस्था र संविधान नेपाली जनताको लामो संघर्षपछि प्राप्त उपलब्धी भएको उल्लेख गर्दै संविधान र व्यवस्थाको रक्षाका लागि सबै सहज हुनुपर्ने आवश्यकता रहेको पनि बताए ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार