Nov 03 2026 | २०८३ कार्तिक १८ गते

इन्धनको मूल्य समायोजनसँगै गाडीभाडा घटाउने तयारी

इन्धनको मूल्य समायोजनसँगै गाडीभाडा घटाउने तयारी

बुधवार, आषाढ १७ २०८३
  • नेपालमा अन्तर्राष्ट्रिय बजार र स्वचालित प्रणाली अनुसार इन्धनको मूल्य समायोजन (घटेसँगै) भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको गाडीभाडा घटाउने तयारी सुरु गरेको छ।

    विभागका निर्देशक मणिराम भुसालले इन्धनको मूल्य घटेको आधारमा अन्तरप्रदेशमा चल्ने सवारी साधनको भाडादर आजै समायोजन गर्ने तयारी गरेको जानकारी दिए । 
    ‘हामी नयाँ मूल्य अनुसार भाडादर समायोजन गर्दैछौं, आजै साँझसम्म सूचना जारी हुन सक्छ, "भुसालले" भने ।

    images

    इन्धनको मूल्य समायोजन भएसँगै भाडादर समेत तत्कालै समायोजन गर्नुपर्छ भन्नेमा व्यवसायी र उपभोक्ता सहमत देखिन्छन् । यद्यपि कति घटाउने भन्नेमा भने उनीहरुबीच एकमत छैन । मूल्य समायोजनसँगै आजै विहान नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले भाडादर समायोजन गर्न आग्रह गरे । उनले पेट्रोलियम पदार्थको मूल्यमा हुने उतारचढावसँगै सार्वजनिक सवारी साधनको भाडा पनि पारदर्शी, वैज्ञानिक र वस्तुगत आधारमा समायोजन हुनु आवश्यक भएको भन्दै यसको कार्यान्वयन तत्काल गर्न आग्रह गरे । 

    इन्धनको मूल्य वृद्धि हुँदा भाडा बढाउने निर्णय हुने र मूल्य घट्दा समयमै भाडा समायोजन नहुने प्रवृत्तिले यात्रु र व्यवसायी दुवै पक्षमा अन्योल सिर्जना गर्ने गरेको छ । उनले भने, ‘सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा इन्धनको मूल्य मात्र होइन, सवारी साधनको सञ्चालन खर्च, मर्मतसम्भार, बीमा, श्रमिकको पारिश्रमिक, स्पेयर पार्ट्सको मूल्य, बैंकिङ लागत तथा समग्र आर्थिक सूचकलाई समेत वैज्ञानिक आधारमा मूल्याङ्कन गरिनुपर्छ। यातायात क्षेत्रलाई दिगो, व्यवस्थित र विश्वसनीय बनाउन सरकार, नियामक निकाय, व्यवसायी तथा उपभोक्ताबीच आपसी विश्वास कायम हुनु जरुरी छ।

    अहिले सरकारले तोकेको भाडादरमा ३५ प्रतिशत भार इन्धनको मूल्य र बाँकी ६५ प्रतिशत सवारी साधन, चालक सहचालक लगायतको तलब तथा ज्याला, पार्टपूर्जा लगायतलाई भार दिने गरीएको छ । मूल्य समायोजन हुँदा तिनैको मूल्यका आधारमा हुने गरेको छ । अरु मूल्यलाई कायमै राखेर इन्धनको भार अनुसार मूल्य समायोजन गर्नुपर्ने सिटौलाको तर्क छ ।

    तर, उपभोक्ताकर्मीहरु भने यसअघि इन्धनको मूल्य बढ्दा जुन दरमा भाडा बढेको थियो घट्दा पनि त्यही दरमा घट्नुपर्नेमा जोड दिन्छन्  ।

    उपभोक्ताकर्मी माधव तिमल्सिना वैज्ञानिक भाडादरको नाममा नाममात्रको भाडा घटाउने काम आफूहरुलाई स्वीकार्य नहुने बताउँछन् ।

     अन्तरप्रदेश भाडादर समायोजन भएपछि प्रदेशले समेत सोही अनुसार भाडादर समायोजनको तयारी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार