Nov 03 2026 | २०८३ कार्तिक १८ गते

कर्णाली नदीपारि हुम्लाको स्याँडामा पहिलोपटक पुग्यो गाडी

कर्णाली नदीपारि हुम्लाको स्याँडामा पहिलोपटक पुग्यो गाडी

बुधवार, आषाढ १७ २०८३
  • काठमाडौँ । हुम्लाको स्याँडा गाउँमा पहिलोपटक गाडी पुगेको छ। हुम्लाको सिमकोट गाउँपालिका-८ मा पर्ने स्याँडा कर्णाली नदीपारि छ।

    गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा स्याँडा याङ्गु सडक निर्माणमा रु एक करोड १२ लाख बजेट विनियोजन गरेपछि गाउँमै गाडी पुगेको हो।

    images

    यसअघि सिमकोटका सातवटै वडामा यातायातका साधन पुगिसकेका छन्। दुर्गम गाउँमा पहिलोपटक यातायात सेवा पुगेपछि स्थानीय खुसी भएका छन्।

    गाउँसम्म गाडी पुगेका दिन स्थानीयले फूलमाला, बाजागाजा र स्वागत कार्यक्रमको आयोजना गरेका थिए। स्याँडा सडक सञ्चालनमा आएपछि खाद्यान्न, निर्माण सामग्री, औषधि तथा अन्य अत्यावश्यक वस्तुहरू ढुवानी गर्न सहज भएको वडाध्यक्ष कमल बुढाले बताए।

    गाउँमा गाडी पुगेपछि स्थानीयमा नयाँ आशा जागेको छ। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा व्यापार-व्यवसायका क्षेत्रमा थप सम्भावना सिर्जना हुने विश्वास गरिएको छ। रासस

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार