Nov 03 2026 | २०८३ कार्तिक १८ गते

एकैदिन सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँ घट्यो

एकैदिन सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँ घट्यो

मंगलवार, आषाढ १६ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेको छ।

    महासंघले तोकेको नयाँ दरभाउ अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको छ। यसअघि हिजो सुन प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
    त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ३८ हजार २५५ रुपैयाँ कायम गरिएको छ ।  सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। आज चाँदी प्रतितोला ४ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला ४ हजार ३१० रुपैयाँ थियो। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २५ रुपैयाँले घटेको हो।

    images

    आज १० ग्राम चाँदीको मूल्य ३ हजार ६७४ रुपैयाँ कायम भएको छ। न्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण नेपाली बजारमा पनि मूल्य समायोजन गरिएको महासंघले जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार