Oct 28 2026 | २०८३ कार्तिक १२ गते

रेमिट्यान्ससँग साटिएको नेपाली श्रम र पीडा

रेमिट्यान्ससँग साटिएको नेपाली श्रम र पीडा

शुक्रवार, आषाढ ७ २०८१
  • काठमाडौं । रामेछापका हरी तामाङ गत आइतवार कतार जानको लागि राजधानी काठमाडौं आइपुगे । सोमवार राती उनको कतार उड्ने टिकट थियो ।

    क्यान्सरले लामो समयदेखि थलिएकी उनको आमा सुन्तली तामाङको मृत्यु भएपछि १५ दिनको छुट्टीमा उनी नेपाल आएका थिए ।आमाको काजक्रिया पनि सक्न नपाउदै उनी देश छोड्न बाध्य थिए । जम्मा ३१ वर्षका तामाङले  जीवनको ऊर्जाशील १०/११ वर्ष खाडीको तातो हावामा बिताइ सकेका छन्।

    images

    ५ वर्षदेखि यूएईको अजमानमा रहेको एक फर्निचर कम्पनीमा काम गर्दै आएका रौतहटका रामविलास यादब गत बुधवार दाहिने हात गुमाएर नेपाल फर्किए । काम गर्ने क्रममा अचानक लड्न पुगेपछि मेसिनले उनको हात छिनाल्यो । कामको मायासँग साटिएको श्रम र पैसा अन्ततः हावामा उड्यो । वैदेशिक रोजगारका क्रममा यादब दुई पटक कतार गइसके । “ नेपालमै काम गर्ने मेरो पनि चाहना थियो । उनले आखाँ भरी आँसु लिदै भने,- परिवारको भविष्यका लागि विदेशिए ।” अब म के गँरू  ?

    सुनवल नगरपालिका-८का २७ वर्षीय साधुराम मिजारलाई पनि विदेशमा गएर खुबै कमाउँला भन्ने थियो । विदेश गएको नौ महिनापछि मानसिक सन्तुलन गुमाएर नेपाल फर्किए । साथीभाईले विदेशमा गएर पैसा कमाएको देखेपछि उनको मन पनि थामिएन र उडे । २०८० को भदौमा  एजेन्टमार्फत मलेसिया पुगेका आकाश गत जेठ २० गते स्वदेश फर्कीए।आमा कुसुन्ती मिजार भन्छिन्,- “कमाउन गएको छोरो रोगी भएर फर्कीएपछि उनले विदेश जान भनि लिएको ऋण तिर्न आफ्नो परिवारको नाममा भएको २ कठ्ठा जग्गा पनि बेच्नु पर्‍यो । विदेश गएर आएपछि हामीसँग भएको सम्पत्ति पनि सकियो । खेती गर्ने जग्गा त छैन, घरबास पनि उठ्यो ।” 

    यी माथिका वाक्याशंहरु प्रतिनिधि भनाई मात्र हन् ।नेपालमा प्रर्याप्त मात्रामा रोजगारी नहुँदा धेरै नेपाली युवायुवतीहरु देश छोड्न बाध्य छन् । अहिले दैनिक करिब दुई हजार हाराहारी युवायुवतीले श्रम स्वीकृति लिइ  वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख गरिएको छ । चालु आव २०८०/८१ को ११ महिना साउनदेखि जेठ मसान्तसम्म वैदेशिक रोजगारीमा ६ लाख ८२ हजार ३८६ जना नेपाली गएका छन् । 

    वैदेशिक रोजगार विभागका अनुसार जेठमा मात्र ७२ हजार ६ सय ८१ जना रोजगारीका लागि विदेश गएका छन् । जसमा ६४ हजार ८ सय ८६ पुरुष र ७ हजार ९ सय ७५ महिला छन् । गत आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीमा जानेको संख्या ७ लाख ७१ हजार पुगेको थियो ।

    धेरै जसो नेपालीहरु काम सिकेर दक्ष कामदारको रुपमा रोजगारकालागि विदेशमा गएका देखिदैन । सरकारले दक्ष कामदार पठाउने नीति लिएपनि केही म्यानपावर र तिनका एजेन्टहरुले सिमित रकम लिएर कामदारहरुलाई औपचारिकता निभाएको मात्र देखिन्छ । नेपालमै बसेर गरीखान गाह्रो भएपछि हतासमा परेका युवायुवतीहरु हतारमै विदेश उड्ने परिपाटी संस्कारकै रुपमा विकास भएको छ । अझ पछिल्लो सयममा सिप सिक्नुपर्छ भन्ने चेतना फैलिए पनि सिप सिक्नका लागि तारतम्य मिलाउन नसक्दा पनि धेरैले अदक्ष कामदारकै भिसा लगाएर विदेशको यात्रा तय गर्ने गरेका छन् । हातमा सिप हुनेले विदेशमा राम्रो काम र सेवा सुविधा पाउँछन् भन्ने त कसलाई थाहा छैन होला,  तर अधिकांस नेपाली युवा सिपविहिन अवस्थामा विदेश जान्छन्, र सबैभन्दा तल्लो तहको श्रमिकका रुपमा काम  गर्नु पर्छ ।

    युवालाई गाउँमा गतिलो सिप सिक्ने अवस्था छैन, भने शहर झरेर सिप सिक्न उनीहरुसँग चेतना र आर्थिक स्रोतको अभाव छ । यही कारण सीधै गाउँबाट दलालसँग म्यानपावर छिरेर अदक्ष काममा विदेशिने गर्छन् । जसका कारण धेरै जसो कामदारलाई विदेशमा अप्ठ्यारो पर्ने गरेको छ । यसको फलस्वरुप नेपाली कामदारले विदेशमा पुगेर धेरै दुःख र कडा खालको मिहिनेत त गर्नुपरेको छ नै, आम्दानी पनि कम छ ।

    नेपालबाट कामको खोजीमा विदेशीने युवाको संख्या बढेसंगै विदेशबाट नेपालीले पठाइरहेको रेमिट्यान्स हरेक महिना बढीरहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेका वित्तीय प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू वर्षको १० महिनाको अवधिमा १९.२ प्रतिशतले बढेर ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । तर, रेमिट्यान्सले देश धानिएको सगौरव दाबी गर्ने सरकार र राज्यका सम्बन्धित निकायहरु यसप्रति संवेदनशील देखिँदैनन् । मुलुकमा रोजगारीको पर्याप्त अवसर नहुँदा नेपाली युवाहरु विदेशिनुपर्ने बाध्यता छ । विदेशमा रगत, पसिना बगाएर रेमिट्यान्स पठाउनेहरु नै राज्य र सरकारबाट सबैभन्दा बढी अपहेलित भएका छन् । आफ्ना देशका दक्ष र सीपयुक्त जनशक्तिलाई विदेश पलायन हुनबाट रोकेर स्वःरोजगार कसरी बनाउने भन्ने योजना सरकारले अहिलेसम्म बनाएको छैन । 

    वैदेशिक रोजगारीमा गएकाहरुप्रति सरकार जिम्मेवार नहुँदा कारणवश उनीहरुको मृत्यु भएमा तथा अंगभंग भएमा पीडित वा पीडितका परिवारले न राज्यबाट क्षतिपूर्ति पाउँछन् न साथ र सहयोग नै । कतिपयको त शव ल्याउन समेत वर्षौं दिन बित्ने गरेको छ । विदेशमा मृत्यु भएकामध्ये औसतमा दैनिक तीन वटा शव सहितको बाकस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने गरेको छ ।सुनौलो भविष्यको सपना बोकेर विदेशिएका नेपाली युवाहरु दिनप्रति दिन बाकसमा फर्किने क्रम बढि रहेपनि राज्य पक्ष यसमा संवेदनशिल देखिँदैन ।

    पछिल्लो वर्ष नेपाली श्रमिकको प्रमुख श्रम गतन्व्य मलेसिया, साउदी अरेबिया, कतार, युएई, कुवेत, ओमान, बहराइन, दक्षिण कोरियालगायत मुलुक बनेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार