Nov 03 2026 | २०८३ कार्तिक १८ गते

चिकित्सकहरू माथि अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

चिकित्सकहरू माथि अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

आइतवार, आषाढ १४ २०८३
  • काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत चिकित्सकहरूमाथि अभद्र व्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाले उनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ।

    प्रहरीका अनुसार चन्दननाथ नगरपालिका–३ निवासी करिब ३० वर्षीय लव बहादुर सेजुवालले मिति २०८३ असार १० गते दिउँसो करिब १२ बजे मादक पदार्थ सेवन गरी प्रतिष्ठानको आकस्मिक कक्षभित्र प्रवेश गरी हो–हल्ला गर्दै चिकित्सकहरूमाथि अभद्र व्यवहार गरेका थिए।

    images

     उक्त घटनापछि उनलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। साथै, उनी यसअघि पनि प्रतिष्ठानभित्र अनाधिकृत रूपमा प्रवेश गरी अभद्र व्यवहार गर्ने गरेको बुझिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार