Nov 03 2026 | २०८३ कार्तिक १८ गते

विश्व कप

समूह चरणबाटै बाहिरिने यी हुन् १६ टोली, उरुग्वे जितविहिन

समूह चरणबाटै बाहिरिने यी हुन् १६ टोली, उरुग्वे जितविहिन

आइतवार, आषाढ १४ २०८३
  • काठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरणका सबै ७२ खेल सकिएपछि नकआउट चरणमा पुग्ने ३२ टोलीको टुङ्गो लाग्दा १६ टोली भने समूह चरणबाटै बाहिरिएका छन् ।

    जसमा दुई पटकको पूर्व विजेता उरुग्वे पनि जितविहिन रहँदै समूह चरणबाटै बाहिरियो ।

    images

    यस पटक टिम संख्या बढाएर ४८ पुर्‍याउँदा समूह विजेता र उपविजेतासँगै तेस्रो हुने उत्कृष्ट ८ टोली पनि नकआउट चरण पुग्ने प्रावधान थियो । तर त्यति हादा पनि उरुग्वे अघि बढ्न सकेन ।

    १२ समूहमा विभाजन गरेर समूह चरणको खेल खेलाइएको थियो । जसमा १२ वटै समूहको चौथो स्थानमा रहने १२ टोली र तेस्रो हुने मध्ये उत्कृष्ट ८ मा नपरेका ४ गरी १६ टोलीको विश्वकप यात्रा समूह चरणमै सकिएको हो ।

    तेस्रो भएर छनोट हुन असफल टोलीमा उरुग्वे, दक्षिण कोरिया, इरान र स्कटल्यान्ड रहे ।

    यस्तै हरेक समूहको अन्तिममा रहने टोलीहरुमा चेक रिपब्लिक, कतार, हाइटी, टर्किए, कुरासाओ, ट्युनिसिया, न्युजिल्यान्ड, साउदी अरेबिया, इरान, जोर्डन, उज्वेकिस्तान र पानामा छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार