Nov 03 2026 | २०८३ कार्तिक १८ गते

समाचार

आज ७५ औँ मदन भण्डारी जयन्ती

आज ७५ औँ मदन भण्डारी जयन्ती

आइतवार, आषाढ १४ २०८३
  • काठमाडौँ । आज असार १४ । तत्कालीन एमाले महासचिव मदन भण्डारीको ७५ औँ जन्मजयन्ती । यसै सन्दर्भमा मदन भण्डारी फाउन्डेसनले आइतबार अपराह्न काठमाडौँमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

    राष्ट्रिय सभा गृहमा आयोजित उक्त कार्यक्रमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।

    images

    अतिथिका रूपमा पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र जसपा नेता उपेन्द्र यादवले ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ शीर्षकमा आफ्नो विचार राख्नेछन् । सोही कार्यक्रममा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण गरिने कार्यक्रम रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार