Nov 03 2026 | २०८३ कार्तिक १८ गते

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन

शुक्रवार, आषाढ १२ २०८३
  • काठमाडाैँ । सरकारले काठमाडौँलगायत देशका विभिन्न ठाउँमा रहेका सुकुम्वासीलाई हटाएको विरोधमा शुक्रबार प्रदर्शन गरिएको छ।

    केन्द्रीय संयुक्त संघर्ष समितिको अगुवाइमा काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरिएको हो। उनीहरूले विस्थापित सुकुम्वासीको बसोबासको व्यवस्था गर्न, भत्काएका घरको क्षतिपूर्ति दिन माग गरेका छन्। 

    images

    त्यस्तै, कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका विस्थापित सुकुम्वासीलाई उचित विकल्पविना नहटाउन पनि उनीहरूले माग गरेका छन्। सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई आफ्नो व्यवस्था आफै गर्न सूचना जारी गरेको थियो। 

    काठमाडौँको माइतीघर मण्डलामा आयोजित सुकुम्वासी विस्थापनविरुद्धको दबाबमूलक प्रदर्शनका मुख्य बुँदा तथा मागहरू यसप्रकार रहेका छन्:


     सुकुम्बासीको पहिचान गरी पुनर्स्थापना गर: वास्तविक भूमिहीन र सुकुम्वासीहरूको सही पहिचान गरी उनीहरूलाई विना विकल्प नहटाउन र उचित स्थानमा स्थायी पुनर्स्थापनाको व्यवस्था मिलाउन माग गरिएको छ।


     भत्काइएका सुकुम्बासीको घरटहराको क्षतिपूर्ति दे: विना सूचना र विना विकल्प अमानवीय ढंगले भत्काइएका घरटहराहरूको उचित मूल्यांकन गरी पीडित परिवारहरूलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिएको छ।


     जनताको अधिकारको सुनिश्चित गर: गाँस, बास र कपास जस्ता नागरिकका मौलिक हक तथा भूमि अधिकारको पूर्ण सुनिश्चितता गर्दै राज्यले नागरिकलाई घरबारविहीन बनाउने कार्य बन्द गर्न ध्यानाकर्षण गराइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार