Nov 03 2026 | २०८३ कार्तिक १८ गते

सहमहामन्त्रीमा रीमा र निशाको प्रतिस्पर्धा

सहमहामन्त्रीमा रीमा र निशाको प्रतिस्पर्धा

शुक्रवार, आषाढ १२ २०८३
  • काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी चयनका लागि मतदान जारी छ। केहीबेर अघि भरतपुरको चितवन उद्योग संघको परिसरमा रहेको प्रदर्शनी केन्द्रमा पाँच पदाधिकारी छान्न मतदान सुरु भएको हो। 

    उपसभापति, महामन्त्री र सहमहामन्त्रीगरी पाँच पदका लागि २२ जना उम्मेदवार मैदानमा छन्। त्यसमध्ये महिलातर्फ एक सहमहामन्त्रीको चुनावमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। किनकि, चर्चित टेलिभिजन प्रस्तोता रीमा विश्वकर्मा र रास्वपाको स्थापनादेखि सांसद रहेकी निशा डाँगी एउटै पदमा प्रतिस्पर्धामा छन्।

    images

    रास्वपाको विधान अनुसार सहमहामन्त्रीमा एक महिला निर्वाचित गर्ने व्यवस्था छ। सहमहामन्त्रीको लागि जुली यादव, जमुना शर्मा र कामिनीकुमारी चौधरी पनि उम्मेदवार छन्। तर, चर्चामा रीमा र निशा नै रहेको प्रतिनिधि बताउँछन्।

    यसैगरी पुरुषतर्फ दुई सहमहामन्त्री पदका लागि रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असीम शाह, अशोककुमार चौधरी, मिलन लिम्बू, पुकार बम, राजिव खत्री, विजय जैरू, हरि ढकाल र हिमेश पन्त प्रतिस्पर्धामा छन्। 

    यस्तै, महिलातर्फ एक उपसभापतिमा सोविता गौतम र तोषिमा कार्की प्रतिस्पर्धामा छन्। अधिकांस प्रतिनिधि घर फर्किसकेकाले थोरैको उपस्थितिमा मतदान भइरहेको छ।

    रास्वपाको विधानअनुसार, ९९ जना प्रत्यक्ष निर्वाचित केन्द्रीय सदस्यबाट पदाधिकारीमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था छ। जसमा एक उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार