मुस्लिम धर्मावलम्वीको पवित्र धार्मिक स्थल साउदी अरेबियाको मक्कामा हजका लागि ओइरो लाग्ने गर्दछ । विश्वभरका मुश्लिम समुदाय त्यहाँ हजको निम्ति पुग्छन् । तर, अनेक व्यवधान छिचोल्दै हजको निम्ति त्यहाँ पुगेकाहरुमध्ये यसपटक भने ८ दिनको बिमा ९ सय २२ हजयात्रीले ज्यान गुमाएका छन ।
अत्यधिक गर्मीका कारण ती हज यात्रीले ज्यान गुमाउनु परेको हो । यसरी ज्यान गुमाउनेहरुमध्ये इजिप्टका मात्र ६ सयभन्दा बढी रहेको एपीएफले जनाएको छ । रिपोर्टहरुमा यस्ता समाचारहरु आइरहेपनि साउदी अरवले भने यसको अधिकारिका आंकडा सार्वजनिक गरेको छैन ।
हजयात्रीहरुको मृत्यु विगतका वर्षहरुमा पनि हुने गरेको भएपनि यसपटक भने मृत्युहुनेको संख्या बढेको छ । गएको वर्ष हजको क्रममा २ सय ४० जनाले ज्यान गुमाएका थिए । गत जनु १७ मा त्यहाँको अधिकतम तापक्रम ५१.८ डिग्री मापन गरिएको थियो ।
मृत्यु हुनेमा सबैभन्दा बढी इजिप्ट रहेको छ भने त्यसपछि जोर्डन, इरान, इन्डोनेसिया, र सेनेगल रहेका छन् । पछिल्लो समाचारहरु अनुसार साउदीमा पनि जलवायु परिवर्तनको चर्को असर देखिन थालको छ र त्यहाँ हरेक १० वर्षमा ०.४ डिग्रीका दरले तापक्रम बद्दो छ ।
लाखौं यात्री वर्षेनी मक्कामा हज गर्न जाने गरेकोमा यसवर्ष करिब १८ लाख यात्री हजका लागि पुगेका छन् पुगेका थिए । जसमध्ये १६ लाख भन्दा बढी साउदी बाहिरका रहेका छन् । हजको लागि यसरी मरिपमेट्नुको आफ्नै कारण छ । इस्लाम धर्ममा मान्छेका ५ कर्तव्यमध्ये हज गर्नुपनि एउटा हो । ६२८ मा इस्लाम धर्मगुरु पैगम्बरले १ हजार ४ सय चेलाहरुका साथ गरेको यात्राको अहिलेको रुप नै हज हो जुन ५ दिनसम्म चलेर बकरइदमा समाप्त हुन्छ ।



