काठमाडौँ, ११ असार २०८३ । संस्कृत माध्यमिक विद्यालयकी छात्रा प्रमिला सुर्खेतीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत 'हाईजम्प' विधामा स्वर्ण पदक जित्न सफल भएकी छिन् । आफ्नो उत्कृष्ट प्रदर्शनका साथ स्वर्ण पदक हात पार्दै उनले विद्यालय र आफ्नो क्षेत्रकै गौरव बढाएकी हुन् ।
प्रमिलाको यस सानदार सफलतापछि स्थानीय गाउँपालिकाले उनलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
खेल क्षेत्रमा नयाँ उत्साह
विद्यालय स्तरबाटै खेलकुदमा प्रतिभावान खेलाडीहरू अगाडि आउने क्रममा प्रमिलाले राष्ट्रिय स्तरको यो महत्त्वपूर्ण प्रतियोगितामा स्वर्ण पदक जितेकी हुन् । उनको यो सफलताले संस्कृत माध्यमिक विद्यालयका अन्य विद्यार्थीहरूका साथै स्थानीय युवा खेलाडीहरूमा समेत थप ऊर्जा र प्रेरणा थपेको छ ।
गाउँपालिकाले खेलकुद र खेलाडीको विकासका लागि आगामी दिनमा पनि प्रोत्साहन र सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ ।



