Oct 28 2026 | २०८३ कार्तिक १२ गते

इजरायलले ९२ हजार विदेशी कामदार भित्र्याउने

इजरायलले ९२ हजार विदेशी कामदार भित्र्याउने

बिहिवार, आषाढ ६ २०८१
  • काठमाडौँ । इजरायल सरकारले ९२ हजार विदेशी कामदार भित्र्याउने निर्णय गरेको छ ।

    प्रधानमन्त्री कार्यालयका महानिर्देशक योसी शेलीको अध्यक्षतामा गत सोमबार बसेको विदेशी श्रमिकसम्बन्धी उच्चस्तरीय समितिको बैठकले ९२ हजार श्रमिक ल्याउने निर्णय गरेको हो ।

    images

    इजरायलमा विदेशी कामदार अभाव भएपछि प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले विदेशी कामदारहरुको कोटा तोक्नको लागि गत १५ मेमा उच्चस्तरीय समिति बनाएका थिए । यो समितिको चौथो बैठक हो ।

    बैठकले कृषि, उद्योग, होटल र रेस्टुरेन्ट क्षेत्रका लागि कोटा निर्धारण गरेको छ । जसमा सबैभन्दा बढी कृषि क्षेत्रमा ६५ हजार, उद्योगमा १३ हजार दुई सय, होटलमा ६ हजार ८ सय र रेस्टुरेन्ट क्षेत्रमा दुई हजार जना रहेका छन् । इजरायलले विदेशी श्रमिक ल्याउने देश भने छुट्याएको छैन । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार