Nov 03 2026 | २०८३ कार्तिक १८ गते

रास्वपा केन्द्रीय सदस्य निर्वाचनमा एक तिहाइ प्रतिनिधि मतदानबाट बाहिर

रास्वपा केन्द्रीय सदस्य निर्वाचनमा एक तिहाइ प्रतिनिधि मतदानबाट बाहिर

बिहिवार, आषाढ ११ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि सम्पन्न निर्वाचनमा करिब एक तिहाइ प्रतिनिधिले मतदान गरेनन् ।

    रास्वपा निर्वाचन आयोगका अनुसार निर्वाचनमा सहभागी हुन योग्य ४ हजार ३११ प्रतिनिधिमध्ये २ हजार ९५९ जनाले मात्र मतदान गरेका छन्। यसअनुसार १ हजार ३५२ प्रतिनिधि मतदान प्रक्रियामा सहभागी भएनन्।

    images

    बिहीबार सम्पन्न मतदानमार्फत पार्टीको नयाँ केन्द्रीय समिति चयनका लागि मत सङ्कलन गरिएको हो। निर्वाचनमा कुल ३७९ जनाले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन्। तीमध्ये ९९ जना निर्वाचित हुनेछन्।

    निर्वाचन आयोगले देशभित्रका प्रतिनिधिको मतदान सम्पन्न भएको जनाएको छ। अब विदेशमा रहेका प्रवासी प्रतिनिधिहरूले मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था गरिएको छ। प्रवासबाट हुने मतदान सम्पन्न भएपछि अन्तिम मतगणना गरी परिणाम सार्वजनिक गरिने आयोगले जनाएको छ।

    रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन असार ७ गतेदेखि चितवनमा जारी छ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार