Nov 03 2026 | २०८३ कार्तिक १८ गते

नेपाली सेनाको ब्यारेकमा ग्रिनेड विस्फोट हुँदा २ सैनिक गम्भीर घाइते

नेपाली सेनाको ब्यारेकमा ग्रिनेड विस्फोट हुँदा २ सैनिक गम्भीर घाइते

बिहिवार, आषाढ ११ २०८३
  • काठमाडौँ  । कैलालीको लम्कीचुहा नगरपालिका-३ स्थित नेपाली सेनाको गोरङ्गे ब्यारेकमा ग्रिनेड विस्फोट हुँदा दुई सैनिक जवान गम्भीर घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ब्यारेकभित्र नियमित सैन्य तालिमका क्रममा अचानक ग्रिनेड विस्फोट भएको हो । विस्फोटमा परी घाइते भएका दुवै सैनिकलाई तत्काल उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल लगिएको थियो ।

    images

    अस्पतालमा प्रारम्भिक उपचारपछि उनीहरूको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको सैनिक स्रोतले जनाएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार