Nov 03 2026 | २०८३ कार्तिक १८ गते

समाचार

विश्वकप नकआउट समिकरण कुन टोली अघिल्लो चरण पुग्न के चाहिन्छ ?

विश्वकप नकआउट समिकरण कुन टोली अघिल्लो चरण पुग्न के चाहिन्छ ?

बिहिवार, आषाढ ११ २०८३
  • काठमाडौ । फिफा विश्वकप २०२६ को समूह चरणका खेलहरू अन्तिम तथा निर्णायक मोडमा पुगेका छन्। यस पटकको विस्तारित  ४८ टोली सम्मिलित नयाँ फर्म्याट अनुसार १२ वटा समूहका  शीर्ष २ टोली र तेस्रो स्थानमा रहने  उत्कृष्ट ८ टोली अन्तिम ३२ (नकआउट चरण) मा प्रवेश गर्नेछन्।

    केही समूहका सबै खेलहरू सकिइसकेका छन् भने बाँकी समूहहरूमा अन्तिम खेलको नतिजाले अघिल्लो चरणको यात्रा तय गर्नेछ। हालसम्मको अद्यावधिक समीकरण र टोलीहरूको अवस्था निम्नअनुसार छ:

    images


    अघिल्लो चरणमा पुगिसकेका टोलीहरू

    • मेक्सिको (समूह 'ए' विजेता - ९ अंक)
    • दक्षिण अफ्रिका (समूह 'ए' उपविजेता - ४ अंक)
    • स्विट्जरल्यान्ड (समूह 'बी' विजेता - ७ अंक)
    • क्यानडा (समूह 'बी' उपविजेता - ४ अंक)
    •  ब्राजिल (समूह 'सी' विजेता - ७ अंक)
    • मोरक्को (समूह 'सी' उपविजेता - ७ अंक)
    •  अमेरिका (समूह 'डी' विजेता - ६ अंक)
    •  जर्मनी (समूह 'ई' विजेता - ६ अंक)
    • फ्रान्स र नर्वे (समूह 'आई' - ६ अंक)
    •  अर्जेन्टिना (समूह 'जे' विजेता - ६ अंक)
    • कोलम्बिया (समूह 'के' - ६ अंक)


     प्रमुख समूहहरूको पछिल्लो गणितीय समीकरण

    समूह 'ए', 'बी' र 'सी' (खेलहरू सकिएका)

    • समूह ए: दक्षिण अफ्रिकाले अन्तिम खेलमा दक्षिण कोरियालाई पराजित गर्दै ४ अंकका साथ दोस्रो स्थान सुरक्षित गर्‍यो। दक्षिण कोरिया (३ अंक) तेस्रो स्थानमा रहँदै भाग्यको भरमा परेको छ भने चेक गणतन्त्र बाहिरिएको छ।

    •  समूह बी:स्विट्जरल्यान्ड र क्यानडा सिधै छनोट भए। बोस्निया (४ अंक) तेस्रो स्थानमा रहँदै अघिल्लो चरणका लागि बलियो दाबेदार बनेको छ।
    • समूह सी: ब्राजिल र मोरक्को (७-७ अंक) सिधै अर्को चरण पुगे। स्कटल्यान्ड (३ अंक) तेस्रो स्थानमा छ।

    समूह 'डी' (अन्तिम खेल बाँकी)

    • अस्ट्रेलिया (३ अंक) र पाराग्वे (३ अंक): यी दुई टोलीबीचको आगामी खेल नै निर्णायक हुनेछ। अस्ट्रेलियालाई अघिल्लो चरण पुग्न केवल बराबरी (राम्रो गोल अन्तरका कारण) पर्याप्त छ भने पाराग्वेलाई जित्नै पर्ने दबाब छ।

    समूह 'ई' (अन्तिम खेल बाँकी)

     आइभोरी कोस्ट (३ अंक): क्युरासाओविरुद्ध “जित वा बराबरी”भएमा दोस्रो स्थान पक्का गर्दै अघिल्लो चरण पुग्नेछ।

    इक्वेडर (१ अंक): जर्मनीविरुद्ध जित निकाल्नै पर्नेछ र आइभोरी कोस्ट पराजित भएमा गोल अन्तरमा निर्भर रहनुपर्नेछ।

    समूह 'एफ' (अन्तिम खेल बाँकी)

     नेदरल्यान्ड्स (४ अंक) र जापान (४ अंक): दुवै टोलीलाई अघिल्लो चरण पुग्न अन्तिम खेलमा जित वा बराबरी भए पुग्छ। स्विडेन (३ अंक) लाई भने जापानविरुद्ध जित मात्रै विकल्प छ।

    समूह 'जी' र 'एच' (अन्तिम खेल बाँकी)
    इजिप्ट (४ अंक) र स्पेन (४ अंक): आ–आफ्नो समूहको शीर्ष स्थानमा रहेका दुवै टोलीलाई अर्को चरण सुरक्षित गर्न केवल 
    १ अंक (बराबरी) आवश्यक छ।

    बेल्जियम (२ अंक) र उरुग्वे (२ अंक): दुवै टोलीले अन्तिम खेल जित्नै पर्ने दबाब छ। उरुग्वेले स्पेनलाई र बेल्जियमले न्युजिल्यान्डलाई हराएमा ५ अंकसहित सिधै वा उत्कृष्ट तेस्रो बन्दै छनोट हुनेछन्।
    समूह 'एल' (अन्तिम खेल बाँकी)इंग्ल्यान्ड र घाना (४–४ अंक):दुवै टोलीलाई अघिल्लो चरण पुग्न “जित वा बराबरी”आवश्यक छ।
    क्रोएसिया (३ अंक) : पानामालाई १-० ले हराएर सम्भावना जीवित राखेको क्रोएसियालाई स्वतः छनोट हुन घानालाई हराउनै पर्ने बाध्यता छ। बराबरी खेल्दा पनि ४ अंकका साथ उत्कृष्ट तेस्रो बन्ने सम्भावना बलियो रहन्छ।

     

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार