Nov 03 2026 | २०८३ कार्तिक १८ गते

रास्वपा महाधिवेशन : अझै सार्वजनिक भएन उमेदवारको प्रारम्भिक नामावली

रास्वपा महाधिवेशन : अझै सार्वजनिक भएन उमेदवारको प्रारम्भिक नामावली

बुधवार, आषाढ १० २०८३
  • काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा निर्वाचन कार्यक्रम जारी छ । ९९ केन्द्रीय सदस्यका लागि ४०० जनाको उमेदवारी परेको छ ।

    तर,बुधबार दिउँसोसम्म पनि उमेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छैन । प्रारम्भिक नामावली सार्वजनिक गरिएपछि दाबीविरोधका लागि समय दिइनेछ । त्यसपछि रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान गरिने तय गरिएको छ ।

    images

    चितवनको भरतपुरमा भइरहेको सो महाधिवेशनमा मतदानका निम्ति ८० वटा भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ ।

    आजै रातिसम्म केन्द्रीय सदस्यका लागि पहिलो चरणको निर्वाचन सम्पन्न गरेर दोस्रो चरणमा पदाधिकारीको निर्वाचन गर्ने तयारी गरिएको छ । दोस्रो चरणमा दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री गरी ६ जनाको निर्वाचन हुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार