Nov 03 2026 | २०८३ कार्तिक १८ गते

ई-पासपोर्ट छपाई प्रकरण : दोस्रो दिन पनि बयान जारी

ई-पासपोर्ट छपाई प्रकरण : दोस्रो दिन पनि बयान जारी

बुधवार, आषाढ १० २०८३
  • काठमाडौँ ।  राहदानी विभागले ई-पासपोर्ट छपाई अनियमितता प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सात जनाको विशेष अदालतमा दोस्रो दिन पनि बयान जारी छ । विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा अदालतमा उपस्थित गराइएका अर्यालसहित ७ जनाको बयान सुरु भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार राहदानी छपाई प्रकरणमा विभागका महानिर्देशक अर्यालसहित निर्देशक सुनिल कुमार केसी, तत्कालीन लेखाधिकृत तुलसी प्रसाद आचार्य, तत्कालीन शाखा अधिकृत सोमेश थापा, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव (कानुन) राजाराम दाहाल र जर्मनी कम्पनी मुल्हबाउरका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्लसहितलाई अदालतमा उपस्थित गराएको थियो ।

    images

    अदालतमा उपस्थित गराइएका सात जनाको बयान पूरा भएमा थुनछेक बहस हुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार