Nov 03 2026 | २०८३ कार्तिक १८ गते

सानोभेरी नदीमा अस्पतालका सुरक्षा गार्ड मृत फेला

सानोभेरी नदीमा अस्पतालका सुरक्षा गार्ड मृत फेला

सोमवार, आषाढ ८ २०८३
  • काठमाडौं  । सानोभेरी नदीमा बगेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका—७, का ४५ वर्षीय रामबहादुर ओली रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार, ओली आइतबार दिउँसो १ बजे घरबाट कसैलाई थाहै नदिई निस्किएका थिए ।

    images

    सोमबार बिहान साढे ७ बजेतिर सानीभेरी गाउँपालिका—४, मुसुखोला स्थित सानोभेरी नदीको बिच टापुसमा उनी मृत भेटिएको रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।

    उनका अनुसार, ओली नुहाउने क्रममा बगेको हुनसक्ने आशङ्का गरिएको छ । मृतक ओली सानीभेरी गाउँपालिका अस्पतालमा सुरक्षा गार्डको रूपमा काम गर्थे ।

    सोमबार गाउँपालिकाले कर्मचारीको निधनमा शोक बिदा दिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार