काठमाडौं । लामो समयदेखी प्रेम सम्बन्धमा रहेका गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इन्गेजमेन्ट गरेका छन् ।
अस्मिता र महेशले प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्ने निर्णसहित दुबईमा इन्गेजमेन्ट गरेका हुन् । विश्वकै अग्लो भवन बुर्ज खलिफाअगाडि बसेर उनीहरूले एकअर्कालाई इन्गेजमेन्टको औंठी लगाएका थिए ।
सांगीतिक कार्यक्रमकालागी दुबई पुगेका उनीहरूले त्यहीँ इन्गेजमेन्ट गरेर तस्बिहरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।उनीहरूले एकसाथ सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै आफूहरू अब एक भएको जनाएका हुन् ।
पछिल्लो समय सांगीतिक बजारमा उनीहरू बीच प्रेम सम्बन्धमा रहेको चर्चा थियो । तर उनीहरूले आफूहरूको सम्बन्धलाई स्वीकारेका थिएनन् ।गसिपका रुपमा चर्चा भए पनि प्रेम सम्बन्धलाई गोप्य राख्दै उनीहरूले बिहेको निर्णय लिएका हुन् ।



