Nov 03 2026 | २०८३ कार्तिक १८ गते

रास्वपाको महाधिवेशनका लागि प्रतिनिधिसभा बैठक ६ दिनसम्म स्थगित

रास्वपाको महाधिवेशनका लागि प्रतिनिधिसभा बैठक ६ दिनसम्म स्थगित

शुक्रवार, आषाढ ५ २०८३
  • काठमाडौँ । प्रतिनिधि सभा बैठक ६ दिनका लागि स्थगित भएको छ । शुक्रबार प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक असार ११ गतेसम्मका लागि स्थगित गरिएको जानकारी गराए ।

    सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन यही असार ७ गतेदेखि चितवनमा हुँदैछ । प्रतिनिधि सभामा रास्वपाको झन्डै दुई तिहाइ बहुमत छ ।

    images

    सो पार्टीका सांसदहरू महाधिवेशनमा सहभागी हुने भएकाले प्रतिनिधि सभा बैठक ६ दिनसम्मका लागि स्थगित गरिएको हो । राष्ट्रिय सभामा भने रास्वपाको प्रतिनिधित्व छैन ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार