Nov 03 2026 | २०८३ कार्तिक १८ गते

मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

शुक्रवार, आषाढ ५ २०८३
  • काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको अन्तारिक कानुनमन्त्री इन्द्रमणि पराजुलीको निवासमा प्रहरीले खानतलासी गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

    बैठकमा आकस्मिक समय लिएर आज सांसद राईले मन्त्री पराजुली सङ्खुवासभा गएको बेलामा बिहीबार राति १०ः०० बजे प्रहरीले विनाकारण खानतलासी गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    images

    “मन्त्री पराजुलीको घरमा नभएको अवस्थामा प्रहरीले राति क्वाटरमा खानतलासी गरेको छ ” उनले भने, “प्रहरी किन यस्तो गरेको हो ? सरकारबाट म यो जान्न चाहान्छु ।”

    सांसद आरेन राईले जेनजी आन्दोलनका बेला नयाँ बानेश्वरको एक बैंकमा धितो राखेको १८ तोला सुन चोरी भएकामा उपभोक्ता मारमा परेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

    बैठकमा सभामुख डोलप्रसाद अर्यालले आकस्मिक समयमा कुनै गम्भीर प्रकृतिको घटना भएमा मात्र समय माग गरेर बोल्न आग्रह गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार