Nov 03 2026 | २०८३ कार्तिक १८ गते

समाचार

रास्वपाको प्रथम राष्टिय महाधिवेशन २०८३ असार ७-९ , मित्र राष्ट्रलाई छैन निम्तो

रास्वपाको प्रथम राष्टिय महाधिवेशन २०८३ असार ७-९ , मित्र राष्ट्रलाई छैन निम्तो

शुक्रवार, आषाढ ५ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र जनमत पार्टीका अध्यक्ष डा.सीके राउत सहभागी हुने भएका छन् ।

    चितवनमा आइतबार हुने उद्घाटन सत्रमा सहभागी हुन लिङ्देन र राउतको ‘कर्ममेसन’ आएको महामन्त्री भूवदेव शाहले जानकारी दिए । शाहका अनुसार महाधिवेशनमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पनि सहभागी हुने भएका छन् । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरू बाहेक राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेका दलहरूलाई पनि पत्र पठाइएको उनले जानकारी दिए ।

    images

    ‘महाधिवेशनमा हामीले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई निमन्त्रणा पठाएका छौँ । त्यसबाहेक जसले राजनीतिक परिवर्तनमा योगदान गरेका छन्, जो अहिले संसदमा छैनन् उनीहरूलाई पनि निमन्त्रणा गरेका छौँ । तर अहिलेसम्म बाबुराम भट्टराई, राजेन्द्र लिङ्देन र सीके राउत सहभागी हुने जानकारी आएको छ , शाहले भने ।

    यता, पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड महाधिवेशनमा सहभागी हुने/नहुने निर्णयमा पुगिसकेका छैनन् । प्रचण्डको सचिवालयले रास्वपाबाट निमन्त्रणा आएको जानकारी दिएको छ ।

    प्रचण्डको स्वास्थ्य अवस्था पूर्ण सुधार नभइसकेकाले चिकित्सकसँग परामर्श गरेर मात्र निर्णयमा पुग्ने सचिवालयले जनाएको छ । सचिवालयका अनुसार महाधिवेशनमा प्रचण्ड आफैँ उपस्थित हुने कि अन्य नेतालाई पठाउने भन्नेबारे आज निर्णय हुनेछ ।

    यसैगरी केही मित्र राष्ट्रहरूबाट महाधिवेशनको शुभकामना आएको भए पनि सहभागिताको लागि निमन्त्रणा नगरिएको उनले बताए । असार ७, ८ र ९ गते हुने महाधिवेशनमा करिब तीन हजार महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार